ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल « Khabarhub

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

ललितपुर- लतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।

३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रुपैयाँको लागतमा निर्माण गरेका हुन् ।

गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालमा आएको हो ।

होटल रोयल ट्युलिप फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेनका रुपमा रहेको छ । फ्रान्स दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएकाले रोयल टुलिपसाङ व्यवस्थापनसँग सम्झौता भएको शाक्यले जानकारी दिए ।

गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको शाक्यले बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  २ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर