रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरेको छ। 

कार्यवाहक प्रवक्ता मनिष झाले पुस २० र २१ गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय समिति बैठकको एजेन्डाहरू तय गरेको जानकारी दिए । 

उनको सचिवालयले केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेन्डाहरू सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेको छ । 

जसअनुसार रास्वपाले बैठकको पहिलो दिन स्थानीय तह उपनिर्वाचनको समीक्षासँगै संगठन समीक्षा र संगठन रणनीतिबारे छलफल गर्ने भएको छ । 

रास्वपाले पहिलो दिनको बैठकमा सहकारीसम्बन्धी अध्यादेश २०८१, संसद्मा दर्ता भएका विधेयक र पार्टी धारणाका बारेमा पनि छलफल गर्ने एजेन्डा रहेको जनाएको छ । 

दोस्रो दिनको बैठकमा रास्वपाले संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने एजेन्डा राखेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ५८ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।