पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरू’ लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएको उनले बताइन् ।

भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने मान्यता पोखरेलमा रहेको बताइन् ।

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही रुपमा अघि बढाउन आमाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए ।

राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा रहे पनि राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि रहेको उनले बताए ।

त्यस्तै पुस्तकका लेखक एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आमाहरूको नायकत्व स्थापीत गर्न आफूहरूको तर्फबाट राजनीतिक हिसाबले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ४२ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न