आज २०८१ साल पुस २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २० गते शनिबारको राशिफल


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २० गते शनिबार तदनुसार सन् २०२५ जनवरी ४ तारिख। पुस शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आम्दानी बढ्ने दिन छ। सहकर्मी साथीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमा लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँग भने सचेत भएर काम गर्नुपर्ने दिन छ। वैदेशिक क्षेत्रको प्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृष : तपाईंको राशिमा बृहस्पति पुगेका छन्। बोल्दा सचेत बन्नुपर्ने आवश्यक देखिन्छ। बन्धुसँगको सहकार्यले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिको सहयोग लिएमा दिन राम्रो बन्नेछ।

मिथुन : दिन सहज छ। अध्ययनमा मन जानेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। विपक्षीले प्रशंसा गर्ने दिन छ। परिवारलाई विश्वास गर्नाले धोका हुनेछ।

कर्कट : लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। दुई पाङ्गे सवारी साधनको यात्रा नगर्नु राम्रो हुनेछ। शनिदेवको खुशीका लागि दैनिकीको सुरुवात दानबाट गर्नु उपयुक्त हुनेछ।

सिंह : दिन राम्रो छ। धन आर्जन गर्ने दिन छ। परिवारको सल्लाहबाट गरेको काममा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : विरोधी साथीको संख्याको बहुमत छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। परिवारमा सल्लाह नगरी अगाडि बढेमा काममा असफलता मिल्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। सानो कुराले स्वास्थ्यमा संकट पर्ने भएकाले सचेत बन्नुपर्नेछ।

तुला : प्रविधिक क्षेत्रको शिक्षामा प्रगति हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। राज्यको अंगमा सक्रिय भए पदोन्नती हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : प्रविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। ढिला योजना सुरु नगर्नु राम्रो हुनेछ। कुनै योजना बनाएको भए साथीको साथ खोज्नु उपयुक्त हुनेछ। परिवारले साथ नदिने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने समय छ।

धनु : दिन सामान्य राम्रो छ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अगाडि बढेमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी दलमा बौद्धिक साथीहरु भएकाले सचेत बन्नु आवश्यक देखिन्छ।

मकर : शुभ ग्रहको समय छ। धनस्थानमा चन्द्रमा पुगेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा ढिलासुस्ती बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सहज छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : सम्पत्ति खर्च गर्ने विषयमा सचेत बन्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। गणेश भगवानप्रति आस्था मात्र राखेमा शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको सहमतिमा अगाडि बढेमा दिन सहज बन्नेछ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : २० बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा