बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण | Khabarhub Khabarhub

बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ ।

सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताए ।

कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगर प्रमुख केसीले बताए । प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ ।

दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनीहरुलाई नै दिइएको छ ।

यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार चार सय ४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ । यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिनेछ ।

सूचना प्रणालीको विवरण सङ्कलन गर्ने क्रममा पहिचान भएका तीन सय ४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमुलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप २७ हजार रुपैयाँका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ४३ बजे

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग

साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – असारको तेस्रो साता अर्थात् असार १५ देखि १९

जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग

काठमाडौं– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट

सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान– सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण