काठमाडौंले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि | Khabarhub Khabarhub

काठमाडौंले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

बागमती प्रदेश फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौँका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

अन्तिम समयमा काठमाडौँका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् । खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोल रक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्रीले प्राप्त गरे ।

सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ३५ बजे

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका

रामकुमारीले भनिन्- माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी विघटन भयो, हामी पार्टीविहीन भयौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक

पूर्वी प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी– पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागूऔषध ओसार–पसार गर्ने

चिनियाँ अन्तरिक्ष यात्रीको फिर्ता ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

बेइजिङ– चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा