भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

रौतहट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या समाधानका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रुतगतिमा काम गर्ने बताएका छन् ।

रौतहटको चन्द्रपुर–१ बागमतीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भूमिहीनका समस्या देशैभरि रहेकाले तिनको समाधानका लागि आयोगले परिणाम देखिने गरी काम गर्ने बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले मधेश प्रदेशकै पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यहाँको नुनथर क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने र त्यसका लागि आवश्यक योजना बनाउन स्थानीय नेताहरुलाई आग्रह गरे।

“सरकार देखिने र सुनिने गरी उपलब्धिमूलक काममा अग्रसर भइरहेको छ । जनताको हित हुने योजनाहरू बनाउनुस् । त्यसमा हाम्रो सहयोग रहन्छ । नुनथरको विकासका लागि पनि के गर्नुपर्छ योजनासहित आउनुस्, छलफल गरेर निष्कर्षमा पुगौँला”, उनले भने ।

कार्यक्रममा चन्द्रपुर–१ का वडाअध्यक्ष बलराम राउतले आफ्नो वडाको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५८ बजे

भूकम्पले किन मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्छ ?

काठमाडौं – मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो। चिसो मौसममा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार

आज २०८१ साल पुस २४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २४ गते बुधबार तदनुसार