अस्ट्रेलियासँग टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा अलआउट : स्कटले लिए ६ विकेट « Khabarhub

अस्ट्रेलियासँग टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा अलआउट : स्कटले लिए ६ विकेट


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियासँगको पाँचौँ टेस्टको दोस्रो पारीमा भारत १५७ रनमा आलआउट भएको छ । दुई दिनको खेल सकिँदा नतिजा अस्ट्रेलियाको पक्षमा जाने आधार बलियो बनेको छ ।

पहिलो पारीमा १८५ रनमा सीमित भएको भारतले अस्ट्रेलियालाई १८१ रनमा नै रोकेर ४ रनको अग्रता कायम गरेको थियो ।

दोस्रो पारीमा भारत १५७ रनमा समेटिएको हो । भारतलाई सस्तैमा समेट्न दोस्रो पारीमा अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ६ विकेट हात पारेका छन् भने प्याट कमिन्सले तीन विकेट लिए ।

अस्ट्रेलियाका लागि पहिलो पारीमा बेउ वेब सेटरले ५७ रनको योगदान गरे । एलेक्स केरीले २१ तथा स्टेभन स्मिथले ३३ र प्याट कुमिन्सले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । भारतका लागि पहिलो पारीमा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान ३ विकेट लिएका थिए। जसप्रित बुमराह र नितिस रेड्डीले समान २ विकेट लिएका थिए । बिहानको सत्रमा दुई विकेट लिएका बुमराह दोस्रो सत्रको सुरुवातमै चोटग्रस्त भएपछि मैदानबाट बाहिरिएका थिए ।

कप्तान रोहित शर्मा खराब फर्मका कारण यस टेस्ट नखेलेपछि बुमराह नेतृत्वमा भारतले खेलेको हो । बुमराह पनि घाइते भएपछि भारतीय टोलीको नेतृत्व विराट कोहलीले गरिरहेका छन् । यस खेल अस्ट्रेलियाले जितेमा जुन महिनामा हुने टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा समेत प्रवेश गर्ने छ । दक्षिण अफ्रिकाले फाइनलमा स्थान पक्का गरी सकेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : १९ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका