अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित « Khabarhub

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ ।

दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि भारतसँगको शृङ्खलामा ३–१ को सफलता पाउँदै टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । 

शृङ्खलाको अन्तिम खेलमा कप्तान जसप्रित बुमराहको चोटको फाइदा उठाउँदै अस्ट्रेलियाले  भारतलाई ६ विकेटले हराएको हो  ।

१६२ रनको लक्ष्य ४ विकेटको क्षतिमा पूरा गर्ने क्रममा बेउ वेबसेटरले अविजित ३९ तथा ट्रेभिस हेडले ३४ रनको योगदान गरे । वेब सेटरको यो पहिलो टेस्ट हो । उनले पहिलो पारीमा अस्ट्रेलियाका लागि सबै भन्दा धेरै रन प्रहार गरेका थिए । 

पहिलो पारीमा भारत १८५ रनमा सीमित भएको थियो । अस्ट्रेलिया पनि १८१ रनमा नै समेटिए पछि टेस्ट रोमाञ्चक बनेको थियो । भारत दोस्रो पारीमा १५७ रनमा रोकिएको हो ।

अस्ट्रेलियाले पनि ३९ रनमा चौथो विकेट गुमाए पछि भारतको विजयी हुने सम्भावना देखिएको थियो । प्रसिद्ध कृष्णले सुरुवाती ३ विकेट लिएका थिए । उनले पहिलो पारीमा पनि ३ विकेट लिएका थिए । 

अस्ट्रेलियाको विकेट जाने क्रमलाई रोक्दै वेब सेटर र हेडले जित दिलाए पछि भारतले गावस्कर बोर्डर ट्रफी पनि गुमाएको छ । यस टेस्टमा जोस हेजलउडको स्थानमा टोलीमा मौका पाएका स्कटबोल्यान्डले २ पारीमा गरी कुल १० विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । 

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ५७ बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी