स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार | Khabarhub Khabarhub

स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । 

गाउँपालिकाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो ।

‘पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन’, स्थानीय सुमन चेपाङले भने, ‘गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।’ 

यसले कृषकद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् । 

गाउँपालिकाको पहलमा प्रत्येक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीयलाई आफ्नो सामान बजारसम्म पुर्‍याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गरे । 

हाटबजारमा स्थानीयले उत्पादन गरेका वस्तु मात्र बिक्री वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । 

स्थानीयको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले विसं २०७९ वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न सुरु भएको थियो ।
 
‘विभिन्न कारणले केही महिनादेखि हाटबजार बन्द भएको थियो”, अध्यक्ष मल्लले भने, ‘आगामी दिनमा हाटबजारलाई निरन्तरता दिने गरी बजारको व्यवस्थापन गरेका छौँ ।’ 

चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गोलगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ । यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बहुलता रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ४३ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं