स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार « Khabarhub

स्थानीय उत्पादनको बजारीकरण गर्न हाटबजार


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । 

गाउँपालिकाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन सुरु गरेको हो ।

‘पहिला नजिकमा हाटबजार थिएनन्, त्यसैले यहाँ उत्पादित हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन सकेको थिएन’, स्थानीय सुमन चेपाङले भने, ‘गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले पाएको छ ।’ 

यसले कृषकद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय हर्षित भएका छन् । 

गाउँपालिकाको पहलमा प्रत्येक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीयलाई आफ्नो सामान बजारसम्म पुर्‍याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गरे । 

हाटबजारमा स्थानीयले उत्पादन गरेका वस्तु मात्र बिक्री वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । 

स्थानीयको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले विसं २०७९ वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न सुरु भएको थियो ।
 
‘विभिन्न कारणले केही महिनादेखि हाटबजार बन्द भएको थियो”, अध्यक्ष मल्लले भने, ‘आगामी दिनमा हाटबजारलाई निरन्तरता दिने गरी बजारको व्यवस्थापन गरेका छौँ ।’ 

चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गोलगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ । यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बहुलता रहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १ : ४३ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित