धुम्बाराहीमा सुरु भयो माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरू) « Khabarhub

धुम्बाराहीमा सुरु भयो माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु भएको छ ।

तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक सुरू भएको हो ।

केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्दैछन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धान्तलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ११ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स