धुम्बाराहीमा सुरु भयो माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरू) | Khabarhub Khabarhub

धुम्बाराहीमा सुरु भयो माओवादी केन्द्रीय समिति बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक धुम्बाराहीमा सुरु भएको छ ।

तीन दिनसम्म पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले आइतबार एजेन्डा तय गरेपछि धुम्बाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा केन्द्रीय समिति बैठक सुरू भएको हो ।

केन्द्रीय समिति ति बैठकको अध्यक्षले पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेपछि समसामयिक विषयमा ब्रिफिङ गर्दैछन् ।

‘अध्यक्षले बैठकको उद्घाटनपछि अहिलेको समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यतालिका छ’, उपाध्यक्ष अग्नि सापकोटाले भने, ‘त्यसपछि सबै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यससलगत्तै बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन पेश हुने छ ।’

सापकोटाका अनुसार तीन दिनसम्म बसेको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे लामो छलफल भएको थियो ।

‘हामी अहिले मालेमावादकै सिद्धान्तलाई हामीले अपनाएर जान्छौँ । नयाँ पुस्तामा नयाँ प्रवृत्तिको विकास भएको निष्कर्ष निकालेका छौँ । अब युवाहरूलाई प्रशिक्षित गर्ने काम हुन्छ’, उनले भने, ‘नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्ने गरी अब केन्द्रीय समितिमा छलफल हुन्छ ।’

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : ११ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो