रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी « Khabarhub

सहकारी ठगी प्रकरण

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ।

रविसहित ३९ जनाविरुद्ध आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

रविसहितका ३९ प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा अदालत लगिएको पुष्टि गरे

लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।

रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । रविविरुद्ध स्वर्णलक्ष्मीको पनि बचत रकम हिनामिना आरोपमा उजुरी परेको थियो ।

उक्त उजुरीबारे अनुसन्धान गरेको प्रहरी परिसरले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा अदालतमा लगेको हो । उता कास्की जिल्ला अदालतमा लामिछाने लगायतको मुद्दामा थुनछेक बहस चलिरहेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरू लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवम्‌ नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसहित पाँचजना अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल भने जेलमा छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : १६ बजे

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको