प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै « Khabarhub

प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्न नेताहरूलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय समिति बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प: आजको आवश्यकता’ शीर्षकको सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका हुन् ।

‘आगामी फागुन १ भित्र केन्द्रदेखि प्रदेशसम्मका सबै नेता-कार्यकर्ताले अनिवार्य सम्पत्ति विवरण र आयस्रोतको विवरण बुझाउनु पर्नेछ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ओली सरकारबारे कडा टिप्पणी

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकार आफैँ नाङ्गिँदै जान थालेको पनि टिप्पणी गरेका छन् ।

दाहालले धुम्बाराहीमा जारी केन्द्रीय समिति बैठकमा समसामयिक राजनीति परिवेशबारे ब्रिफिङका क्रममा आफ्नो नेतृत्वको सरकारले थालेका का कांग्रेस-एमाले सरकारले पन्छाउँदै जाँदा आफैं नाङ्गिएको दाबी गरे ।

‘हाम्रो पालाको सरकारले कयौँ काम र सुशासन अभियानलाई वर्तमान सरकारले पन्छाइरहेको छ’, उनले भने, ‘यो सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन । यो सरकारबाट जनता खुसी छैनन् । जनतामुखी काम गर्न चुकेको केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारण नाङ्गिन थालेको छ ।’

अर्को प्रसंगमा दाहालले एमालेले प्रतिशोध साँधेकै कारण शान्ति प्रक्रियाले टुंगोमा पुग्ने गरी गति लिन नसकेको पनि जिकिर गरे ।

जम्बो समितिप्रति चिन्ता

प्रचण्डले सम्बोधनका क्रममा माओवादी केन्द्रीय समितिको आकार ठूलो भएकोमा चिन्ता जनाएका छन्।

केन्द्रीय समिति बैठकमा ब्रिफिङका क्रममा उनले जम्बो पार्टी समिति अवसर र चुनौती दुवैका रुपमा देखा परेको पनि टिप्पणी गरेका छन् ।

‘हाम्रो विशाल केन्द्रीय समिति हाम्रा लागि चुनौती भएको छ । अर्कातिर यो समिति हामीलाई अवसर पनि बनेको छ ’, दाहालले ब्रिफिङका क्रममा भने ।

उनल‍े माओवादी अहिले इतिहासकै चुनौतीपूर्ण यात्रबाट गुज्रिएर सम्भावनाको ढोकातिर उभिएको पनि दाबी गरे । उनले अहिले बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा रहँदा पार्टीको क्रान्तिकारी छवि जोगाइराख्ने चुनौती माओवादीसामु आइपरेको पनि बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ०२ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित