जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल | Khabarhub Khabarhub

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियोे ।

सुरुवाती वर्षमा २० किलो चामल वितरणको व्यवस्था थियो । आर्थिक वर्ष २०८१–८२ बाट सरकारले चामलको परिमाण बढाएर ३० किलो पु¥याइएको छ ।

विशेष गरी दुर्गम गाउँपालिकाका नागरिकलाई चामल लिन आउँदा यात्रा खर्च धेरै हुने भएकोले सरकारले ढुवानीखर्च समेत उपलब्ध गराएको छ ।

खाद्य संस्थानले चामल लिन आउने नागरिकका लागि यात्रा खर्चसमेत प्रदान गर्ने व्यवस्था गरेको छ । चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाबाट आउने नागरिकलाई फरक–फरक भाडासमेत उपलब्ध गरिएको छ ।

जिल्लाको कनकासुन्दरी, सिञ्जा, हिमा र तिला गाउँपालिकाबाट आउने नागरिकलाई प्रतिव्यक्ति एक हजार भाडा दिने गरिएको छ भने गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाबाट आउने नागरिकलाई भने ५०० रुपैयाँ दिने व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले जानकारी दिए ।

पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०–८१ मा, जन्मका लागि एक सय ४७ क्वीन्टल र मृत्युका लागि १३ क्वीन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार ५०० रूपैयाँ भाडाका लागि खर्च भएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १० : ५३ बजे

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा

हङकङ सिक्सेस : अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी