पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु « Khabarhub

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ ।

साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । 
  
प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । जंगली जनावरको आक्रमणमा परेका २५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा सबैभन्दा बढी सर्पदंशबाट मानिसहरूको मृत्यु भएको छ । प्रहरीका तथ्यांकअनुसार ५ महिनाको अवधिमा सर्पदंशबाट ७० जनाको मृत्यु भएको छ । 

यस्तै हात्तीको आक्रमणबाट ६, बाघको आक्रमणबाट ३ र गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार पछिल्ला ५ महिनामा सर्पदंशबाट ५३२ जना, हात्तीको आक्रमणबाट १४ जना, बाघको आक्रमणबाट २४ जना, गैँडाको आक्रमणबाट १४ र भालुको आक्रमणबाट १३ घाइते भएका छन् । 

प्रहरीले संर्पदंशबाट २३६ जना, हात्तीको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट, ११, गैँडाको आक्रमणबाट ४, भालुको आक्रमणबाट २ जनाको उद्धार गरेको छ । नेपाल प्रहरीले जंगली जनावरबाट भएका घटनामा १ हजार ८३५ प्रहरी परिचालन गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : २७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री