सहकारी ठगी प्रकरण : रवि लामिछानेका वकिलको बहस सुरू | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण : रवि लामिछानेका वकिलको बहस सुरू


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रवि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन् ।

सोमबारदेखि पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कार्तिक २ गते देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।

आजबाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अभिवक्ताले बहस गर्दैछन् ।

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ४१ बजे

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार