लप्सीका परिकार बनाउन व्यस्त पर्वतका किसान | Khabarhub Khabarhub

लप्सीका परिकार बनाउन व्यस्त पर्वतका किसान


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पर्वत– यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । 

यो उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउँदै आएको छ । विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । उद्योगमा यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ । 

गाउँगाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्यान्डिका लागि गुदी निकालेर राख्ने काम भैरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिए । पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ । 

बाँकी केही कृषकहरूले बोटबाटै दाना बिक्री गर्दै आएका छन् भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेको भुसालले बताए । 
 
जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । कोरोना सङ्क्रमणमा  अमेरिका, अस्ट्रेलिया, हङकङ लगायतका देशमा समेत निर्यात गरेको भए पनि अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उनको भनाइ छ । 

भुसालले सञ्चालन गरेको उद्योगमा ७ जनाले रोजगारी पाएका छन् । लप्सीसँगै अमला, अदुवालगायत परिवार बनाएर हुने कूल आम्दानीबाट खर्च कटाएर वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले बताए । 

चार वर्ष पहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहे पनि अहिले पठाउने संयन्त्र नरहेको बताए । 

नेपालीहरूले विदेश फकिँदा कोशेली र पाहुरको रूपमा लैजाने बाहेक व्यावसायिक हिसाबले उद्योगबाटै होलसेलमा विदेश पठाउन नसकिएको उनको भनाइ छ ।
 
जिल्लाका झण्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो श्रोत बनेको हो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेतीसमेत शुरू भएको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरुवासमेत वितरण गर्दै आएको छ । 

उद्योगमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानि लगायतको प्रशोधन समेत हुँदै आएको छ भने पछिल्लो दुई वर्ष यता मकैको सातु उत्पादनबाट समेत लाखौँ रूपैँया आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए । 

लप्सी, अमला र अदुवा सिजनको बेलामा प्रशोधन हुने भए पनि मकै, भट्टमास, बदाम लगायतको मिक्स सातु बाह्रैमास उत्पादन हुने सञ्चालक भुसालले बताए । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ५५ बजे

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन सक्दैन : श्रममन्त्री 

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त

मन्त्रालयको दरबन्दी प्रस्तावप्रति विभिन्न पेशागत संघको आपत्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय सरकारअन्तर्गत रहने गरी गरेको

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

महेन्द्रनगर– धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट