नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्छौं : गृहमन्त्री « Khabarhub

नेपाली भूमि भारतीयले भोगचलन गरेको विषय कूटनीतिक तवरबाट समाधान गर्छौं : गृहमन्त्री


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाली भूमि भारतीय नागरिकले भोगचलन गरेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।  

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मन्त्री लेखकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।

यस विषयमा सरकार जानकार रहेको भन्दै कूटनीतिक तवरले समस्या समाधान गर्ने उनले बताए । 

मन्त्री लेखकले सीमाको विवाद नरहेकाले दुई वटै देशको सहमतिमा सीमा पिलर राख्नका लागि छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै उनले जाजरकोटलगायत विभिन्न स्थानमा भूकम्पपीडितका साथै बाढी पहिरो पीडितको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै तीव्र रूपमा पुन निर्माणको काम भइरहेको बताए । 

उनले पुन निर्माणको बाँकी कामलाई अघि बढाउन र राहत उपलब्ध गराउन क्षतिको विस्तृत लेखाजोखा गर्नका लागि मापदण्ड पारितसमेत गरिएको उल्लेख गरे । 

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ३ : ५३ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा