मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

मौसम पूर्वानुमान : तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विहान पश्चिम तराईका केही स्थानमा कुहिरो लागेको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा गण्डकी, बागमती र कोशीका पहाडी भू-भागका केही स्थान तथा मधेस, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ०१ बजे

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

दाङ – लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले

लस एन्जलस – अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय