युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी  « Khabarhub

 युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरेको छ । 

रूसले आफ्ना सैनिकहरूले कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरे पनि युक्रेनले दाबीलाई अस्वीकार गरेको छ । 

कुराखोवे सामरिक दृष्टिकोणले रूस–यूक्रेन सीमामा अहम् स्थान मानिन्छ । आइतबार  युक्रेलेन उक्त क्षेत्रमा जवाफी आक्रमण सुरु गरेको थियो । तत्पश्चात नै रूस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको बीबीसीले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा एउटा तस्बिर यतिबेला चर्चामा छ । समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको तस्बिरमा कुराखोवेमा एक सैनिकले रूसको झण्डा उठाएको देखिन्छ ।  

तर, बीबीसीले उक्त तस्बिरको पुष्टि हुन नसकेको उल्लेख गरेको छ । युक्रेनको संगठित सेनाका प्रवक्ता भिक्टर त्रिहुबोभले सोमवार बिहानसम्म युक्रेनी सेना कुराखोवेभित्र रूसी सेनासँग युद्ध गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १ : ३८ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु