सांसदहरूको माग : वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँ « Khabarhub

सांसदहरूको माग : वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँ


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् ।

बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए ।

विशेष अदालतले अख्तियारद्वारा गरिएको छानबिनमा प्रश्नसमेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए ।

उनले वायुसेवा निगमले व्यवसायीक हिसाबले काम गर्न नसकेको जिकिर गरेका छन् । त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका कुरामा छानबिन हुनुपर्ने बताए ।

त्यस्तै सांसद देवीप्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरू समयमै नपाउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए ।

नियतवश हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको उनले बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनले बताएका छन्।

अधिकारीले निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उल्लेख गरेका छन् ।

बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाइजहाज खरिददेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए ।

मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनासहित काम गर्न एक महिने अवधिसहित निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ३ : ३८ बजे

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले