६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन  « Khabarhub

६ महिना अभियान, अर्को ६ महिनापछि माओवादीको महाधिवेशन 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ६ महिने अभियान सञ्चालन गरेर महाधिवेशनको तयारी गर्ने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले अब पहिलो ६ महिना अभियानमा जाने र त्यसपछि अर्को ६ महिनाको तयारी गरेर महाधिवेशनमा जाने निर्णय गरेको हो । 

बैठकको समापनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ महिना अभियान सञ्चालन गरेर अर्को ६ महिनापछि महाधिवेशन गरिने बताएका छन् । ६ महिना अभियानमा गएर आगामी असारमा केन्द्रीय समिति बैठक आयोजना गर्ने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने उनले घोषण गरे । 

अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले ६ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने अध्यक्ष प्रचण्डको तर्क थियो । माओवादी बैठकले माघ महिनाभरि अभियानको तयारी गर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाएर ‘हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

माओवादीले चैत महिनाभरि तयारी गरेर वैशाख महिनामा हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गर्दै ‘मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी’ अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले नेताहरुको एक हप्ताभित्र कार्य विभाजनलाई अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले बताएका छन् ।

बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाडै एकता वार्ताको पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

बैठकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ‘पार्टी रुपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ५ : ५६ बजे

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध