विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड  « Khabarhub

विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा सिकेका सीप, श्रम संस्कृति र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । 

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गठन गरिएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्न प्रतिष्ठान क्रियाशील हुनुपर्ने बताए ।
 
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी, सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न प्रतिष्ठान लाग्नुपर्छ’, मन्त्री भण्डारीले भने, ‘सीपयुक्त दक्ष जनशक्ति तयार गर्न श्रम बजारले माग गरेअनुरूप प्रविधिमैत्री पाठ्यक्रम र सो पाठ्यक्रमका आधारमा रोजगार उन्मुख तालिम प्रदान गर्नुपर्छ ।’
 
श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले प्रतिष्ठानको कार्यसञ्चालनका लागि आवश्यक पर्ने नियम, निर्देशिका तथा कार्यविधि तयारीमा मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए । 

प्रतिष्ठानका कार्यकारी निर्देशक रमेशकुमार बखतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्नेतर्फ प्रतिष्ठान क्रियाशील रहेको बताए । प्रतिष्ठानले ललितपुरको भैँसेपाटी, इटहरी र बुटवलबाट छोटो अवधिको आधारभूत तथा एडभान्स तहका सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्दै आइरहेको छ । कार्यस्थलमा आधारित (एप्रेन्टिसिप) तालिम सञ्चालन कार्यविधि, २०८१, स्वीकृतिको चरणमा छ ।
 
प्रतिष्ठानले नियमितरूपमा आन्तरिक तथा बाह्य सीप विकासका तालिमका अतिरिक्त अनुगमन तथा मूल्याङ्कनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, द्विदेशीय सम्झौताद्वारा दक्षिण कोरिया, इजरायल र बेलायत जाने कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रतिष्ठानले २०८० पुस २३ गतेदेखि यही पुस १९ गतेसम्म छ हजार पाँच सय जनालाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गरेको कार्यकारी निर्देशक बखतीले जानकारी दिए।
 

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ७ : ०२ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका