एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय « Khabarhub

एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको गैरभौगोलिक ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय शुभारम्भ गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले कार्यालय उद्घाटन गरेकी हुन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित बागमती करिडोरमा कार्यलयको उद्घाटन गरिएको हो ।

उद्घाटनपपछि शाक्यले पार्टी संगठनको काम सरल, सहज र व्यवस्थित गर्न कार्यालय आवश्यकता पर्ने बताइन् । उनले कमिटीले कार्यालय राखेर पार्टी काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको उल्लेख गरिन्। उनले संगठनको काम योजनावद्ध रुपमा गर्न सुझाव दिइन् ।

कार्यक्रममा कमिटीका इन्चार्ज रमेश पौडेलले संगठनलाई चलायमान, गतिशील बनाउन र आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन कमिटीले ठोस योजनासहित अघि बढ्नुपर्ने निर्देशन दिए ।

कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली, सचिव मिलन धरेल लगायतका नेताहरू उपस्थित थिए ।

कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटीका अनुसार २०४८ सालमादेखि यो कमिटी कृयाशील छ । यसका संस्थापक सचिव एमालेका वर्तमान महासचिव शंकर पोखरेल हुन् ।

२०७५ सालमा एमाले-माओवादी एकतापछि ‘युवा विद्यार्थी विशेष’ नामाकरण गरिएको थियो । नेकपा टुटेपछि यही नामबाटै कमिटीले गतिविधि गरिरहेको कमिटीका प्रचार विभाग प्रमुख किरण देउजाले बताए ।

यसअघि उपत्यका प्रदेशको कार्यालयबाटै युवा विद्यार्थी विशेष कमिटीले आफ्ना राजनीति तथा सांगठनिक गतिविधि गर्दै आइरहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ५१ बजे

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सहकार्य, महत्वपूर्ण खनिज आपूर्ति तथा

बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

जनकपुरधाम– बिहानको झिसमिसेमै धनुषाको बटेश्वर गाउँपालिका–२ सीतापुरका रागेश्वरी कुमारी दनुवारको

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन