सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान « Khabarhub

सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए ।

बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा २६ वर्षीया पूर्णिमाले दुवै छोरीको हत्या गरेको स्वीकारेको प्रहरीको उद्धृत गर्दै त्यहाँका वडाध्यक्ष बुढामगरले बताएका छन् ।

पूर्णिमाले दुवै छोरीका गला दबाएर ज्यान लिएको बयान प्रहरीलाई दिएकी छन् । दुवै छोरीको शव झुन्डिएर ज्यान गए जस्ता देखिएको बुढामगरले बताए ।

पूर्णिमामा कुनै मानसिक देखिएको छैन । तर प्रहरीसँगको बयानमा उनले नुवाकोटमा रहेका पतिसँग बुधबार बिहान १० बजेतिर फोनमा झगडा परेपछि त्यही रिसमा छोरीहरूको ज्यान लिएको बताएकी छन् ।

दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। बालिकाका बुवालाई प्रहरीले नुवाकोटबाट झिकाइसकेको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : ५७ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको