अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले « Khabarhub

अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्।

मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। यसरी घर छाड्नेहरू मध्य पालसेडमा ३७ हजार छन्।

इटनबाट एक लाख जनाले घर छाडेका छन्। पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको थियो।

प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि आदेश दिइएको छ। अन्य पहाडी क्षेत्रको तुलनामा बाक्ले बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन्। मानिस ओसार्नका लागि बस तैनाथ छन्।

लस एन्जलसबाट विस्थापित हुनेमा कमला ह्यारिसको परिवार पनि छ। ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले प्रभावित भएको छ। डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन्।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : १७ बजे

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव