अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले « Khabarhub

अमेरिकामा डढेलो : लाखौं विस्थापित हुँदा हजारौं संरचना जले


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्।

मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। यसरी घर छाड्नेहरू मध्य पालसेडमा ३७ हजार छन्।

इटनबाट एक लाख जनाले घर छाडेका छन्। पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको थियो।

प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि आदेश दिइएको छ। अन्य पहाडी क्षेत्रको तुलनामा बाक्ले बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन्। मानिस ओसार्नका लागि बस तैनाथ छन्।

लस एन्जलसबाट विस्थापित हुनेमा कमला ह्यारिसको परिवार पनि छ। ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले प्रभावित भएको छ। डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन्।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : १७ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन