संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले | Khabarhub Khabarhub

संसदीय समितिमा चर्काचर्की, सत्ताधारीको पुच्छर बनेको भन्दै सभापति यादवलाई हप्काए सुवालले


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बैठक हलमै भनाभन भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत उपस्थित बैठकमा दुईजनाबीच चर्काचर्की भएको हो ।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए ।

सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले निरंशुक बन्ने भन्दै जवाफ फर्काएका थिए ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।

यसअघि पनि माओवादी सांसद सुदन किराती , सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।

‘सहमति छैन भनेपछि पनि पेलेर चलाउने, कुरा सुन्दै नसुनी निर्णय लिने ? राणा शासन होइन यो, तपाईं राणाको अवतार नलिनुस्’, सुवालले सभापति यादवलाई भने, ‘मैले असहमति छ भनिसकेपछि किन बोल्न नदिने ? राणा शासन जसरी समाप्त भयो त्यसैगरी तपाईं पनि सिद्धिन्छ । तपाईंलाई मैले भनिसकेपछि, मेरो आपत्ति छ भनेपछि मलाई सोध्नु पर्दैन ? निरंकुश बन्ने ? राणा शासन चलाउने ? तपाईं सत्ताधारी पार्टीको पुच्छर नबन्नुस् ।’

सुवालले यसो भनिरहँदा यादव पनि बढ्दा बोल्ने भन्दै उठेर जंगिएका थिए । यादवको छेउमा माधव नेपाल चुपचाप बसिरहे । यता सुवाललाई पनि अर्का सांसदले रोक्न खोजे तर उनी रोकिएनन् यादवमाथि जाइलागिरहे ।

‘तपाईं निरंकुश नबन्नुस् । निरंकुश भयो भने सिद्धिन्छ । दाँत छिट्टै किराले खान्छ तर जिब्रोलाई केही हुँदैन, होस् गर्नुस्’, सुवालले भने, ‘अनुपस्थित सदस्यको संयोजकत्वमा समिति बनाउन पाइन्छ ? समितिका सदस्यहरूको राय लिनुपर्दैन राय लिनुपर्छ । निरंकुश नबन्नुस् तपाईं ।’

यादवले पनि सुवाललाई धेरै बाठो नहु्नु भन्दै उठेर थर्काए । तर सुवालको स्वर झन् चर्कियो । ‘सभापतिजी तपाईं बढ्ता नहुनुस्, नभएको सांसदको संयोजकत्वमा समिति नबनाउनुस् । तपाईं निरंकुश भयो भने सिद्धिन्छ’, उनले एकै कुरा दोहोर्‍याइरहे, ‘कुन दिन सिद्धिन्छ यो सभापति अनि थाहा पाउँछ ।’

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : ५३ बजे

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा

मेलम्ची पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद

काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग