सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

सेनाको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको ट्रकले ठक्कर दिँदा काठमाडौंमा १ जनाको मृत्यु भएको छ ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको सेनाको बा १ ग ३४५६ नम्बरको ट्रकले बा ६८ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

सेनाको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइक चालकको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो । प्रहरीका अनुसार सुन्धारास्थित खानेपानी संस्थानको कार्यालय नजिकै उक्त दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची स्थायी घर भएका ३५ वर्षीय लेख मगर छन् ।

डिएसपी बोगटीका अनुसार मोटरसाइकललाई ठक्कर दिने सेनाको ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै