रविका साझेदार छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, बिगो थियो ७४ करोडको « Khabarhub

रविका साझेदार छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, बिगो थियो ७४ करोडको


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

उनका साझेदार एवम् गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी मागेको थियो ।

गोर्खा मिडिया नेट्वर्कमा रवि र जीबी राईका साझेदार रहेका पूर्वडीआईजी जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा चलाएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

लामिछानेविरुद्ध उनका साझेदार छविलाल जोशी पक्राउ परेको ९१ औँ दिनमा जिल्ला अदालतमा मुद्दा लगिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : २३ बजे

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको

सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालको भूभाग भारतले मात्रै नमिचेर भारतको

आत्मविश्वास भन्दापनि पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले देशलाई स्तरोन्नतीको विषयमा भन्दा पनि

संसद्‍मा प्रधानमन्त्रीको जवाफ : ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं– देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको