हुम्लाको खार्पुनाथमा औषधी अभाव « Khabarhub

हुम्लाको खार्पुनाथमा औषधी अभाव


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधी अभाव भएको हो।

सरकारले निःशुल्क वितरण गर्ने औषधी अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन्। गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन्। ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधी नहुँदा उपचारबिना फर्किने गरेका छन्।
स्वास्थ्यचौकीमा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए।

स्वास्थ्य संस्थामा सिटामोलका साथै रुघाखोकी, दमलगायतका बिरामीका लागि आवश्यक पर्ने औषधी अभाव भएको छ। सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीका अनुसार औषधी खरिदका लागि बोलपत्र आह्वान ढिला गरेका कारण औषधी अभाव भएको हो। दशैँअघि पाँच लाखको औषधी खरिद गरिद गरेको उनले बताए। ‘दशैँमा खरिद गरेको औषधी सकिएको छ’, उनले भने।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधी र उपकरण खरिद गर्न टेण्डर आह्वान भएर स्वीकृत भएको बताए। माघ पहिलो सातासम्म औषधीको व्यवस्था गरिने उनले बताएका छन्।

स्वास्थ्य चौकीमा औषधी अभाव हुँदा उपचारका लागि बिरामी जिल्ला अस्पताल सिमकोट धाउने गरेका छन्। खार्पुनाथ-१ को पिउस आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधी अभाव भएको हो।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : ३७ बजे

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६