अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने « Khabarhub

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । 

त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँका दरले तोकेको थियो । 

प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले तत्कालै ५३ करोड रुपैयाँ जम्मा गरिदिएको थियो ।

आयोजनाको प्रवेशमार्गमा झण्डै चार सय परिवारको घरजग्गा परेको छ । सर्वोच्चको परमादेशपछि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए  । 

विसं २०८१ जेठ २२ गते अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेर सुरुङमार्गको काम सकिएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ११ : ४३ बजे

सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु

एजेन्सी– सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स

कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट

कोरलानाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

मुस्ताङ– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले नेपाल–चीन उत्तरी नाका कोरलामा आवश्यक

आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले दिए पार्टी बैठकमा जानकारी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा

अटो चलाएर आत्मनिर्भर बन्ने बाटोमा सञ्जु

वालिङ– स्याङ्जाको वालिङस्थित गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर