धनुषा निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण  « Khabarhub

धनुषा निर्माण व्यवसायीद्वारा प्रदेश सरकारको ध्यानाकर्षण 


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक खरिद ऐन नियम विपरीत भएको भन्दै धनुषा निर्माण व्यवसायी सङ्घले मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रदेशमा सार्वजनिक निर्माण कार्य गर्दा कार्यालयहरूले विकास निर्माणको बजेटलाई होल्ड गरेको व्यवसायीहरूको आरोप छ । 

साथै, बोलपत्रको प्रक्रियाबाट नगरी उपभोक्ता समितिबाट कार्य भइरहेको महासङ्घको गुनासो छ । महासङ्घले सार्वजनिक खरिद ऐनको दफा ४४ मा गरिएको व्यवस्था विपरीत भएको ठहर गरेको छ । 

त्यस्तै, उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा स्थानीय निर्माण व्यवसायी कामबाट वञ्चित हुने, आर्थिक अनियमितता, मितव्ययी र गुणस्तरीय नहुने भन्दै मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  २ : ३९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र