धरानमा कोठा भाडामा लिएर लागूऔषध कारोबार, ३ जना पक्राउ « Khabarhub

धरानमा कोठा भाडामा लिएर लागूऔषध कारोबार, ३ जना पक्राउ


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन् । 

उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको थियो । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको सोही पालिकाको वडा– २ भूटाहा हो । 

असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागूऔषधको कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राती छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मुल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ । 

यसैगरी प्रहरीले धरान–१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ । भूजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ । 

ट्रामाडोल औषधी मांसपेशीको दुखाई कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाई कम गर्न बिरामीलाई चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्न सकिन्छ । ट्रामाडोलमा भएको रसायनले दुखाई भएको सन्देश दिने मस्तिष्कको रसायनलाई निष्क्रिय बनाउने गर्छ । यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधी नै हुन् । 

यी औषधीहरूलाई लागूऔषधको श्रेणीमा राखिएको छैन । जुनसुकै मेडिकल हल वा औषधी पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागूऔषधको कारोबार गर्ने गिरोहले लागूऔषधकै रूपमा प्रयोगकर्ताहरूलाई विक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  २ : ५९ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित