प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु « Khabarhub

प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन् ।

शीतल निवास पुगेका उनले राष्ट्रपति पौडेललाई संविधान संशोधन अघि बढाउन कार्यदल बनाउन लागेको जानकारी दिएका छन् ।

‘संविधान संशोधनका लागि कार्यदल बनाउँदैछु’, ओलीले राष्ट्रपतिसँगको संवादका क्रममा भनेको भनाइबारे स्रोतले भन्यो, ‘सत्तारुढ दुई दलको सहकार्य संविधान संशोधनको एजेन्डाकै लागि भएको थियो । त्यहीअनुसार संविधान संशोधनका लागि कार्यदल बन्दैछ ।’

ओलीले कार्यदल बनाउने कुराबारे राष्ट्रपतिलाई ब्रिफिङ गरे पनि विस्तृत खुलाएनन् । उनले कार्यदलमा रहने सदस्यहरूबारे पनि विस्तृत ब्याख्या नगरेको शीतल निवास स्रोतले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई साथमा लिएर प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए ।

शीतल निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक विषयमा छलफल भएको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ । तर ओलीको ब्रिफिङबारे शीतल निवासका अधिकारीहरूले केही खुलाएको छैनन् ।

पछिल्लो समय सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा छ । अर्कातिर नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनबारे पनि मतभिन्नता देखिइरहेको छ ।

ओलीले आठौं केन्द्रीय कमिटी बैठकमा संविधान संशोधन २०८७ पछि मात्रै गर्ने भनेको भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितले आपत्ति जनाएका थिए । सहमतिविपरीत बोलेको भन्दै कांग्रेसबाट आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिकहाँ संविधान संशोधनको योजना सुनाएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ०१ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट