कुमारी बैंक र एनसीएचएल बीच अलीपेमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य « Khabarhub

कुमारी बैंक र एनसीएचएल बीच अलीपेमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलीपेमार्फत नेटवर्कमाआबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

बैकका अनुसार यो सेवामार्फत अलीपेमार्फत प्रयोगकर्ताले बैंकको नेपालपे क्यूआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । 

यस सम्झौतासँगै नेपालपे क्यूआर र यसको इन्टरअप्रुवल क्यूआर (अन्तरक्रियात्मक) लाई अलीपेमार्फत नेटवर्कका सदस्यले स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् । 

बैंका अनुसार यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपालपे क्यूआरमार्फत व्यवसायीले १४ बैंकका अनुसार अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलीपे,अलीपेएचके, टिनाबा,एमपे, टचएन गो वालेट, माईपीबी, हीपे, जीक्यास,चंगीपे,ओसीबीसी डिजिटल, काकापे, नेभरपे, टोसपे र ट्रष्टमनिबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : १७ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)