आलु खेतीमा व्यस्त किसान (तस्बिरहरू) « Khabarhub

आलु खेतीमा व्यस्त किसान (तस्बिरहरू)


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुन्दर नदी फान्टामा किसान आलु खेतीमा व्यस्त देखिएका छन् ।

भान्सामा बढी प्रयोग हुने आलु उत्पादनमा नेपालको निर्भरता बढ्दै गएको छ । देशमा आलु उत्पादनको प्रचुर सम्भावना रहे पनि उत्पादक जनशक्तिको पलायनका कारण आलुमा निर्भरता बढेको छ ।

देशको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ १ देखि २६ सम्म करिब ५ हजार मेट्रिक टन आलु बिक्री भएको छ ।

 यस अवधिमा बजारमा बिक्री हुने आलुमध्ये करिब ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सिजनदेखि सिजनमा नेपाली आलुको उत्पादन अत्यन्त न्यून हुने भएकाले अहिले विदेशबाट आयातमा भर पर्नु पर्ने विकास समितिले जनाएको छ ।

समितिका अनुसार गत वर्ष असोज महिनामा कालीमाटी बजारमा ६ हजार मेट्रिक टन आलु भारतीय तौलको करिब ६० प्रतिशत बिक्री भएको थियो भने यस वर्ष असोज २६ गतेसम्म सोही बजारमा पाँच हजार मेट्रिक टन आलु बिक्री भएको छ ।

 कालीमाटी बजारमा आलु बिक्री हुने गरेकोमा ८० प्रतिशत आलु भारतीय बजारमा बिक्री हुने गरेको छ । बाँकी स्वदेश, दोलखा, मुडे, मकवानपुर, पालुङ, नुवाकोट, काब्रे, ओखलढुंगालगायतका ठाउँमा आएका छन् ।

बजारको करिब ७५ प्रतिशत उपत्यकावासीले कालीमाटी बजारमा तरकारी बिक्री गरेर आपूर्ति गर्ने गरेको छ भने बाँकी बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरको तरकारी बजारले आपूर्ति गर्ने गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १ : ०० बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा