पाकिस्तानमा कोइला खानी विस्फोट, चार जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा कोइला खानी विस्फोट, चार जनाको मृत्यु


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विस्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ । 

एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।

घटना बिहीबार स्थानीय समय अनुसार ४ः०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।

एआरवाई न्यूजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् ।

एआरवाई न्यूजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ । यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो ।

 उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : १६ बजे

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा

कर्फ्यु लाग्दा एम्बुलेन्समा खाना ओसारेर ख्वाउने तुलसी

काठमाडौं– आधा दशकदेखि विभिन्न अस्पतालहरूमा निःशुल्क खाना खुवाउँदै आएका तुलसी

धरानमा जेन-जीका नाममा आगजनी र लुटपाट गर्ने पाँचजना पक्राउ

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते निजी घर