यस्तो छ सलोनको फिल्म ‘रंगी’को गीत ‘छ भने माया’ « Khabarhub

यस्तो छ सलोनको फिल्म ‘रंगी’को गीत ‘छ भने माया’


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले आइतबार न्युरोडमा एक कार्यक्रमको आयोजना गरी गायक आनन्द कार्की र गायिका सुजता केसीको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

यो गीतको शब्द र संगीत भने दुर्गेश थापाको हो ।

उक्त गीतमा फिल्ममा मुख्य कलाकार सलोन, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसीलाई स्थान दिइएको छ ।

कार्यक्रममा दुर्गेशले वरिष्ठ गायकसँग आनन्द कार्कीसँग सहकार्य गर्न पाएको खुशी व्यक्त गरे । त्यस्तै, गायक कार्कीले दुर्गेशसँग काम गर्ने इच्छा पूरा भएको सुनाए ।

गायिका सुजाता केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा निर्माणपक्षसँग आभार व्यक्त गरिन् ।

फिल्मका प्रस्तुतकर्ता सलोनले आफूलाई निकै मन परेको गीत सार्वजनिक गर्न पाएको पाएको खुशी व्यक्त गरे । भने, ‘म अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल सुनेको थिए । मलाई पहिलो पटक सुन्दै गीत मन परेको थियो । आज त्यही राम्रो गीत दर्शकसामु लैजाँदै छु ।’

रंगी फिल्मको प्रदर्शन मिति प्रणय दिवस लक्षित गरी अर्थात् फागुन २ लाई तोकिएको छ । यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक सुमन गजमेर हुन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ५७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा