कोटेश्वर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश पोखरेल « Khabarhub

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाश पोखरेल


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिक बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

विगत १४ वर्षदेखि कोटेश्वर क्याम्पसमा अध्यापन गराउँदै आएका पोखरेल विद्यावारिधिरत छन् । नव नियुक्त क्याम्पस प्रमुख पोखरेलले अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी)को प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

पोखरेलले एक समारोहबीच क्याम्पसमा पदभार ग्रहण गरेका छन् । क्याम्पस व्यवस्थापन समिति सदस्य लेखनाथ घिमिरेका अनुसार व्यवस्थापन समितिले निवर्तमान क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीको विदाई र नव नियुक्त क्याम्पस प्रमुख पोखरेललाई स्वागत गरेको हो ।

कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख पोखरेललाई क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र कर्मचारीले बधाई सहित स्वागत गरेका थिए । निवर्तमान क्याम्पस प्रमुख कार्कीलाई विदाई गरेका थिए ।

पोखरेलले क्याम्पसको थप पुर्वाधार निर्माणका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नुका साथै गुणस्तरिय शिक्षामा जोड दिने प्रतिवद्धता व्यक्त गरे । क्याम्पसलाई देशकै सामुदायिक क्याम्पसहरुमध्ये उत्कृष्ठ क्याम्पसको रुपमा विकास गर्ने आफ्नो आगामी योजना रहेको उनको भनाई छ ।

विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो । प्लस टु, स्नातक र स्नातकोत्तर तह गरि यस क्याम्पसमा करिव चार हजार विद्यार्थी अध्ययनरत छन् । न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यो क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विसं २०८० मा गुणस्तर प्रत्यायनकृत ९ क्यूएए० समेत प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ३३ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत