बीएनपी र जमाआतबीचको बढ्दो दुरीले बङ्गलादेशको राजनीतिमा नयाँ ध्रुवीकरण « Khabarhub

बीएनपी र जमाआतबीचको बढ्दो दुरीले बङ्गलादेशको राजनीतिमा नयाँ ध्रुवीकरण


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ अगस्ट २०२४ को राजनीतिक परिवर्तनपछि बङ्गलादेशमा अवामी लिगको अनुपस्थितिले राजनीतिक शक्ति सन्तुलन परिवर्तन गरेको छ। लामो समयका सहयात्री बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमाआते इस्लामी ९जेआई०बीचको सम्बन्धमा अहिले असाधारण दूरी देखिएको छ। दुबै दलले आगामी निर्वाचनमा प्रभाव जमाउन आ(आफ्नो रणनीति अपनाइरहेका छन्।

बीएनपीले धर्मनिरपेक्ष र अन्तर्राष्ट्रिय समुदायको समर्थन पाउन जमाआतसँग दूरी कायम गर्ने प्रयास गर्दा आन्तरिक असन्तोष बढेको छ। केही नेताहरूले जमाआतसँगको सम्बन्धलाई अझै उपयोगी ठानेका छन् भने, अन्य नेताहरूले यसलाई पार्टीको छवि कमजोर बनाउने कदम मानिरहेका छन्।

यता, जमाआते इस्लामीले ग्रामीण क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्दै धर्मनिष्ठ र रूढीवादी जनताको समर्थन जुटाउन नयाँ रणनीतिहरू अघि सारेको छ। पार्टीले सामाजिक कार्यहरू, विद्यार्थी संगठनहरूको प्रयोग, र धार्मिक एजेन्डाको प्रचार गरेर आफ्नो पकड बलियो बनाउँदै आएको छ।

यसबीच, इस्लामिक बैंक नियन्त्रणदेखि २०२४ को विद्रोहको श्रेय लिने विवादसम्म, दुबै दलबीचको आरोप(प्रत्यारोपले दुरी झनै बढाएको छ। बीएनपीले जमाआतलाई “चन्दा संकलन” र “भारतसँग निकटता खोज्ने” भन्दै आरोप लगाएको छ भने जमाआतले यसलाई “आधारहीन” भन्दै खण्डन गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, बीएनपी र जमाआतको यो असमझदारी केवल मतभेदमा सीमित छैन, बरु यसले बङ्गलादेशको राजनीति नयाँ ध्रुवीकरणतर्फ धकेलिरहेको छ। दुबै दलले आफ्नो अलग पहिचान स्थापित गर्न सक्रियता देखाएपछि राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन थप चुनौतीपूर्ण बनेको छ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ४८ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत