इडेन गार्डेनमा २१ मार्चमा आइपिएलको पहिलो खेल हुने « Khabarhub

इडेन गार्डेनमा २१ मार्चमा आइपिएलको पहिलो खेल हुने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

इडेन गार्डेन – यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) २१ मार्चदेखि सुरु हुने भएको छ। इडेन गार्डेनमा उद्घाटन खेल तथा २५ मेमा फाइनल खेल हुनेछ। यसैगरी महिला प्रिमियर लिग (डब्लुपिएल) ७ फेब्रुअरीदेखि २ मार्चसम्म हुनेछ। नोभेम्बरमा भएको मेघा अक्सन भन्दा अघि नै १५ मार्चदेखि २५ मेका बिचमा आइपिएल हुने तय भएको थियो।

यस वर्ष च्याम्पियन्स ट्रफी ९ मार्चसम्म हुने भएका कारण दुई साता खाली राखेर २१ मार्चको मिति तय भएको हो। पुरा तालिका भने यस महिनाको अन्त्यमा प्रकाशित हुने अनुमान गरिएको छ।

साबिक विजेताको आतिथ्यलाई स्वीकार गर्दै उद्घाटन खेल अर्को टोलीले खेल्ने छ। कलकत्ता नाइट राइडर्स साबिक विजेता भएकै कारण उद्घाटन खेल हुने स्थान कलकत्ता चयन गरिएको हो। दोस्रो क्वालिफायर पनि कलकत्तामा नै हुने छ। पहिलो क्वालिफायर र इलिमिनेटर भने हैदरावादमा हुनेछ।

यस वर्षको आइपिएलमा पनि ७४ खेल हुनेछन्। पछिल्ला २ सिजनमा पनि ७४ खेल नै भएका थिए। यस वर्ष टेस्ट च्याम्पियनसिपको फाइनल पनि हुने भएकाले भारतीय खेलाडीलाई धेरै भार नपार्नका लागि सो नीति लिइएको भए पनि भारतले टेस्ट च्याम्पियनसिपको फाइनल गुमाइसकेको छ।

महिला प्रिमियर लिग चार स्थानमा
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले महिला प्रिमियर लिगका लागि मुम्बई र बंगलोरको साथमा थप दुई स्थान थपेको छ। यसरी थपिएको स्थानमा बरौडा र लखनउ हुन्। यस लिगको पनि तालिका बाहिर आउन बाँकी छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ५८ बजे

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय

बुढाथोक घरबास : परम्परागत घरमा स्थानीय परिकार

गलकोट– यहाँको निसीखोला गाउँपालिका–६ स्थित मध्यपहाडी पुष्पलाल लोकमार्गको छेउमै छ

मोटोपना घटाउन दक्षिण एसियाली १० विज्ञका १० टिप्स

काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना