कानूनसहित पाँचवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

पाँचवटै समितिका बैठक बिहान साढे १० देखि १ बजेको बीचमा सिंहदरबारमा बस्नेछन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशीक भ्रमण र परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तालिका रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ । जसका लागि स्वास्थ्यमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ०७ बजे

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी – पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१०

बागमती सरकारका चार मन्त्री पदमुक्त

काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले