भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण | Khabarhub Khabarhub

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी विष्णुमाया रोकायाको उपचार अभावमा ज्यान गएको छ।

टाउको र छातीमा देखिएको गम्भीर चोट र धेरै रगत बगेकाले अचेत अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्‍याएका थिए ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका थिए। तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह गरे ।

स्वास्थ्यकर्मीले जोखिम मोल्न नसक्ने जानकारी दिँदा पनि आफन्तले नमानेपछि उपचार जारी राखे । अन्तत: उपचारका लागि भर्ना भएको तीन दिनपछि विष्णुमायाको अस्पतालको शय्यामै मृत्यु भएको छ ।

गौमुल गाउँपालिका-५ कोटकी १६ वर्षीया विष्णुमाया दाउरा लिन जंगल गएकी थिइन् । विद्यालय जानुअघि बिहानै जंगल गएकी रोकाया भीरबाट लडेर गम्भीर घाइते भइन् ।

उनीसँगै जंगल गएका आफन्तले थाह पाएर घटमुना अस्पताल ल्याएका थिए । टाउकोमा चोट लागेकी रोकाया अस्पतालसम्म पुग्दा गम्भीर अवस्थामा पुगिसकेकी थिइन् ।

उपचारमा संलग्न डाक्टर कुश नेपालीका अनुसार सिटी स्क्यानपछि उपचार गर्न सहज भएर बिरामीको ज्यान जोगिने सुझाव दिएका थिए ।

सुरुमा आर्थिक अभावको समस्या आफन्तले देखाए । स्थानीय र जनप्रतिनिधीसहित कर्मचारीले लगत्तै एक लाखसम्म जोहो गरिसकेका थिए ।

तर, विरामीसँगै जाने मान्छेसमेत भेटिएनन् । उनका बुवा भारतमा छन् । आमाले जान आँट गरिनन् । आफन्त कोही तयार भएनन् ।

घटमुना अस्पतालबाट माार्तडी पुर्‍याउनसमेत नसकी विष्णुमायाले बिरामी शय्यामै उपचारकै क्रममा ज्यान गुमाइन् ।

‘गम्भीर चोट थियो । बाजुरामा उपचार सम्भव थिएन । शनिबार नै थप उपचारका लागि धनगढी रिफर गरिएको थियो । तर आफन्तले लिएनन् । हामीले सकेको गर्‍यौँ, तर बचाउन सकिएन्’, डा. नेपालीले भने ।

हेलिकप्टर मगाउने पहलमा पनि पहल ढिला भएको थियो । ठूलो पैसा तिर्न परिवारले आँट गरेनन् । पैसा नभएकाले विष्णुमायाको ज्यान जोगाउन परिवारले सकेनन् । दुर्गम गाउँमा यस्ता घटना वर्षेनि दोहोरिइरहन्छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : २२ बजे

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा