उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती « Khabarhub

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती



जनकपुरधाम – पछिल्लो समय मन्त्री भएपछि विकास निर्माणको आवश्यकता र प्राथमिकता भन्दा आफ्नो निर्वाचन क्षेत्रमा अर्बाैको बजेट लाने प्रवृत्ति मौलाएको छ । तर, लाखौं नागरिकको हितका लागि गर्नुपर्ने विकासका काम नेतृत्व र मन्त्रीहरूको नजरमा पर्दैन । यसको प्रत्यक्ष उदाहरण हो धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीको पुल । पुल अभावमा यस क्षेत्रका स्थानीयले पुस्तौदेखि भोग्दै आएको पीडा अझै उस्तै छ ।

मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदीमा १३ वर्ष अघि सुरु भएको पुल निर्माणको काम अझै पुरा हुन सकेको छैन । पुल अभावमा यस भेगका नागरिकलाई आउजाउ गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ भने हिउँदमा अस्थायी बाँसको पुलको भर छ । 

विसंं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपछि  तत्कालीन भौतिक पूर्वाधार मन्त्री हृदयेश त्रिपाठीले २०६८ साल मंसिरमा उक्त पुलको शिलान्यास गरेका थिए । सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । 

बिल्डर्सको कमान्डमा निर्माण अन्तिम चरणमा पुगिसकेपछि विसं २०७८ साउनमा उद्घाटनको तयारी गरिएको थियो । तर उद्घाटन नहुँदैको अवस्थामा पुल भासिएको थियो । १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिरहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । निर्माणको क्रममा कमशल सामाग्रिको प्रयोगका कारण पुल भाँसिएको स्थानियको आरोप छ । 

 हुलाकी राजमार्ग लगभग तयारी अवस्थामा पुगेपनि लामो समयसम्म कमला पुल निर्माण नभएपछि त्यसको प्रत्यक्ष मार यहाँको विकास निर्माणमा समेत परेको छ । यस भेगका बासिन्दाको जीवनपद्धति नै संकटमा परेको छ । बाढीको बेला असार–साउनमा सिरा र धनुषाको सम्बन्ध नै विच्छेद हुन पुग्छ । 

कमला नदीमा पुल नबन्दा जनकपुर–सिरहाको दूरी छोटिन सकेको छैन । सिरा सदरमुकामबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम मात्र ४० किलोमिटर दुरीमा छ । तर कमला पुल नबन्दा महेन्द्र राजमार्ग भएर जनकपुरधाम पुग्नुपर्ने बाध्यता छ । महेन्द्र राजमार्ग भएर आवतजावत गर्दा करिब एक सय किलोमिटरको दुरी तय गर्नुपर्ने सिरा र धनुषावासीको बाध्यता छ ।

कमलाको पीडा

धनुषाको कमला नगरपालिका– ५ मरानका राजदेव महतो गाउँमा दूध संकलन हरेक दिन सिराहा बजार पुग्ने गर्छन् । डब्बामा सय लिटर दूध संकलन गरी उनी मोटरसाइकल हुइँकाउँदै सिराहा बजार पुग्ने गर्छन् । करिब सात किलोमिटरको दूरीमा रहेको सिराहा बजार पुग्न उनलाई झन्डै २० देखि २५ मिनट लाग्ने गरेको बताए । वर्षायाम भने उनलाई झनै समस्या थपिने गरेको उनको दुखेसो छ । धनुषाबाट सीमावर्ती भारतीय बजार जयनगर पुगेर लामो यात्रा गर्दै दूध लिएर सिराहा आउनुपर्छ जानुपर्छ । 

राजदेवसँगै कमला– ५ लक्करका रामबाबु यादव पनि दूध बेच्न सिराहा जाने गर्दछन् । उनले सिराहाको डेरी, चिया पसल र मिष्ठान्न पसलमा दैनिक ८० लिटर दूध बेच्ने गरेको बताउँछन् । रामबाबुलाई पनि वर्षातको वेला दूध बोकेर सिरा पुग्न निकै सास्ती खेप्नुपर्छ । वर्षातमा नदीमा पानी भरिभराउ हुँदा काठे डुंगा समेत बन्द हुन्छ । पुल नहुँदा उनीहरूलाई भारत पुगेर सिराहा जानुपर्ने बाध्यताको विकल्प छैन ।

 उनले भने ‘कमला पुल नबन्दा वर्षातमा धेरै गाह्रो हुन्छ । ३० मिनेटमा पुग्न सकिने सिराहा बजार पुग्न दुई घन्टाभन्दा समय बढी लाग्छ ।’

 अस्थायी पुलको सहारा

आसपासका नागरिकलाई नदी पार गर्न अहिले अस्थायी बाँसको पुलको सहारा छ । यसका लागि प्रतिदिन प्रति मोटरसाइकल २० रुपैयाँ तिर्नु पर्ने बाध्यता छ ।

सिरहा नगरपालिकाले सर्वसाधारणका लागि निःशुल्क गर्नुपर्ने यो अस्थायी पुल बनाएर १५ लाख ७५ हजारमा ठेक्का लगाएको छ । 

सोही ठाउँबाट प्रत्येक दिन आउजाउ गर्ने जनकनन्दनि गाउँपालिकाका राकेश कामतले अस्थायी बाँसको पुल बनाएर सरकारले सेवा दिइरहेपनि यसलाई निःशुल्क गर्नुपर्ने बताए ।

 उनले भने‘स्थानीय सरकार भनेको आफ्नै गाउँ ठाउँका नागरीलाई सेवा दिनका लागि बनेको हो । तर यहाँ सरकार लुट्नको लागि मात्रै भएको जस्तो लाग्न थालेको छ । यस्ता अस्थायी पुल बनाएर स्थानीयलाई सेवा दिनुको साँटो ठेक्का लगाएर २० रुपैयाँ उठाउन व्यस्त छ सरकार । यस्ता पुललाई अविलम्ब निःशुल्क गरिनुपर्छ ।’

यस पुल निर्माणको माग गर्दै यस अघि पनि धनुषा र सिरहाका नागरिक कयौं पटक आन्दोलित भएका थिए । सरकारको लापरबाही र ठेकेदारको ढिला सुस्तीका कारण पुल निर्माण नभएपछि सरकारलाई दबाब दिन भदौको पहिलो साता १० जना युवा मधेशका मुख्यमन्त्रीको कार्यालय अगाडि ४ दिन सम्म अनसनमै बसेका थिए । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : १६ बजे

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा