जापानमा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी « Khabarhub

जापानमा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापामा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरिसकेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै राति ९ बजेर १९ मिनेटमा भूकम्प गएपछि एक मिटर (तीन फिट) सम्मको सुनामीको छाल आउनसक्ने जनाएकोछ ।

अमेरिकी भूगर्भ विभागले यो भूकम्पबारे सुरुवाती अनुमान ६.९ म्याग्निच्युडबाट घटाएर ६.८ गरेको छ। तर उसले भूकम्पबाट सुनामीको खतरा नभएको जनाएको छ ।

तर पनि जेएमएले जनतालाई तटीय क्षेबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सीले एक्समा भनेको छ, ‘सुनामी बारम्बार आउन सक्छ । कृपया समुद्रमा नजानुहोस् वा तटीय क्षेत्रहरू नजिक नजानुहोस् ।’  रासस, एएफपी 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ७ : ५१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले