अमेरिकाको म्याकडेरमिट कल्डेरा खानीले लिथियम बजारमा चिनियाँ प्रभुत्व घटाउला ? | Khabarhub Khabarhub

अमेरिकाको म्याकडेरमिट कल्डेरा खानीले लिथियम बजारमा चिनियाँ प्रभुत्व घटाउला ?


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको नेभादा राज्यमा म्याकडेरमिटकल्डेरामा अतिविशाल खाडल छ । १० हजार वर्षअघिसम्मत्यहाँ ज्वालामुखी रहेको विश्वास गरिन्छ । यद्यपि ६ सय १६वर्गमाइल क्षेत्रफलमा फैलिएको खाडल चाहीँ १ करोड ६०लाख वर्ष पुरानो हो ।

त्यहाँ ‘इलाइट’ नामक लिथियमको खनिज भटिएको छ ।यसअनुसार त्यहाँ ४ करोड मेट्रिक टन लिथियम रहेको अनुमानछ । लिथियमको यो भण्डारण संसारका सबै लिथियमखानीको कुल परिमाणभन्दा अझ धेरै हो । यसअघिबोलिभियामा रहेको सलार डे उयुनी नामक इोत्रमा सबैभन्दा धेरैलिथियम रहेको विश्वास गरिन्थ्यो ।

अमेरिकाले उत्खनन् गर्न सकेको खण्डमा यसबाट विश्वव्यापीलिथियम बजारमा चिनियाँ प्रभुत्वमा कमी आउने विश्लेषणगरिएको छ । विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीका लागिलिथियम अत्यावश्यक खनिज मानिन्छ ।

लिथियम अमेरिकाज नामक कम्पनीले उक्त खानीबाटलिथियम उत्खननको तयारी गरेको छ । यसका लागि यसकम्पनीलाई अमेरिका सरकारको ऊर्जा मन्त्रालय र जनरलमोटर्स नामक कम्पनीले पनि सहयोग गर्नेछन् ।

सन् २०२६ देखि यहाँ उत्खनन् कार्य शुरु हुने अपेक्षा गरिएको छ। शुरुवाती चरणमा यो खानीबाट प्रत्येक वर्ष ४० हजार मेट्रिकटन लिथियम उत्खनन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ११ बजे

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५

नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

काठमाडौं– सरकारले काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै