आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने « Khabarhub

आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स – आगलागीमा परेर ओलम्पिक पदक नास भएपछि अमेरिकाका पौडीबाज गेरी हल जुनियरले ओलम्पिक पदकको नयाँ सेट नै पाउने भएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस ब्लाचले यस विषयमा जानकारी दिएका हुन्। घरमा आगो पसेपछि उनी कुकुर, मधुमेहका कारण प्रयोग गर्दै आएको इन्सुलिन र हजुरबाको फोटो लिएर हतारमा भागेका थिए। यसपछि उनी घरमा फर्कन नै असमर्थ रहे।

सन् १९९६ देखि २००४ को बीचमा उनले जितेका ५ ओलम्पिक स्वर्ण पदकका साथमा तीन रजत तथा दुई कास्य पदक पनि त्यही छुटेको थियो। अहिले पनि बलिरहेको आगोमा इटनमा ३३ प्रतिशत नियन्त्रणमा रहेको जनाइएको छ।

सान्टा आनाको आगोको तप्का अझ गइरहेको छ। राष्ट्रिय मौसम विभागका अनुसार बुधबार बिहानसम्म अझ जटिल अवस्था आउन सक्छ। बुधबारसम्मका लागि सावधान रहन चेतावनी दिइएको छ।

मंगलबार पिकमा पुग्ने अनुमान गरिएको सो हुरीको गति ११२ किलोमिटर प्रतिघण्टा रहने छ। सुख्खा तथा कम आर्द्रता भएका कारण सो हुरीले आगोलाई अझ तेज गतिमा फैलाउने सम्भावना छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : २१ बजे

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली

काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै

निर्वाचन र होलीलक्षित स्वास्थ्य तयारी सुदृढ गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा निर्वाचन तथा होली

सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

काठमाडौं- इजरायल र अमेरिकाले गरेको संयुक्त हमलामा सर्वोच्च नेता मारिएपछि

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म

काठमाडौं– पछिल्लो समयमा नेपालमा स्वरोजगार तथा व्यावसायिक सम्भावना नदेखेर धेरै