मकर संक्रान्तिको अवसरमा खिचडी भोज « Khabarhub

 मकर संक्रान्तिको अवसरमा खिचडी भोज


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका युवाहरूले खिचडी भोजको आयोजना गरेका छन् । 

संस्कृति जोगाउने उद्देश्यका साथ यहाँका स्थानीय युवाहरूले जनकपुरधामको जानकी चोकस्थित अंगराज सरको डिलमा खिचडी भोजको आयोजना गरेका हुन् । अंगराज सरको डिलमा विगत १ दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । 

मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना गर्दै आएको युवा अभियन्ता सुशील कर्णले बताए । उनले भाइचारा र संस्कृतिलाई जोगाउनका लागि समेत यो भोजको आयोजन हुँदै आएको जिकिर गरे ।

खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले आफूहरूले प्रत्येक वर्ष यो भोजको आयोजना गर्दै आएको उनले बताए । स्थानीय जानकी चोकका दुई दर्जन युवाहरूको समन्वयमा खिचडी भोजको आयोजना गरिँदै आएको कर्णले जानकारी दिए ।

भोजमा सहभागीहरूलाई खिचडी, पापड, अचार, दही, तील लगायतको परिकार खुवाइएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयवासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : १८ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको