हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित « Khabarhub

हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हैटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसङ्घले मंगलबार जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्यांकले ‘१० लाख ४१ हजार मानिस धेरै पटक विस्थापित भएका र तीव्र मानवीय संकटको बीचमा सङ्घर्ष गरिरहेका छन्’ भनेको छ ।  

‘सन् २०२३ डिसेम्बरमा हामीले रेकर्ड गरेका हिंसाबाट लगभग तीन लाख १५ हजार मानिस विस्थापित भएका थिए’, आइओएमका प्रवक्ता केनेडी ओकोथ ओमोन्डीले पत्रकारहरूलाई भने, ‘त्यसयताको एक वर्षमा हामीले यो सङ्ख्या तीन गुणाले बढेर हैटीमा गिरोह हिंसाका कारण अब १० लाखभन्दा बढी मानिस विस्थापित भएको देखेका छौँ ।’

राजधानी पोर्ट–अ–प्रिन्समा आइओएमले ‘निरन्तर गिरोह हिंसा, आवश्यक सेवाहरूको पतन–विशेष गरी स्वास्थ्य सेवा– र बढ्दो खाद्य असुरक्षाका कारण’ विस्थापन ८७ प्रतिशतले बढेको बताएको छ । 

यो गरिब क्यारेबियन देश दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रसित छ र हालका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले झन् खराब बनाएका छन् ।

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी सहयोग मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले हैटीमा बढ्दो गिरोह हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढी मानिस मारिएको र हजारौँ घाइते वा अपहरण गरिएको बताएको थियो । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : ४६ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन