त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन ।

विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो । बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई क्रमशः विस्तार गर्दै लगिने बताए ।

नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै विमानस्थलको सेवा सुदृढीकरणको कामलाई प्रथमिकताका साथ अघि बढाइने उनको भनाइ थियो ।

मन्त्री भट्टराईले पर्यटकीय पूर्वाधारको रूपमा रहेका विमानस्थलको भौतिक संरचना निर्माण र प्राविधिक सुविधा अभिवृद्धि गरिने उल्लेख गरे । अन्तर्राष्ट्रिय मापदण्डको यो सेवा विमानस्थलले आन्तरिकतर्फ पहिलो पटक लागू गरेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार कन्भेयर बेल्टमार्फत एक घण्टामा एक हजार २०० ‘ब्यागेज’ ‘क्लियर’ हुन्छ र एक मिटरले ७५० केजी क्षमताको ब्यागेज समेट्छ । कन्भेयर बेल्ट ३९ मिटर लामो छ ।

यसले यात्रुलाई ब्यागेज लिन सहज छिटो हुनका साथै विमानस्थलको सरसफाइमा पनि सहयोग पुग्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानस्थलबाट १० हेलिकप्टरसहित २० वटा वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : १२ बजे

केन्द्रीय बैंकका प्रमुखविरुद्ध ट्रम्प आक्रामक बन्दा ओरालो लाग्यो अमेरिकी शेयर बजार

वाशिंटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक

यात्रा संस्मरण : ‘ट्रान्जिट’ धनगढी

मिसन बाजुरा : धनगढीको यात्रासुदूरपश्चिमको राजधानी सहर हो धनगढी ।

जापानमा हप्तामा चार दिन काम, तीन दिन आराम सुरु, कुनकुन देशमा छ यस्तो व्यवस्था ?

काठमाडौं– विश्वका सबैभन्दा खुसीयाली देशमा गनिन्छन्, आइसल्याण्ड, डेनमार्क र नेदरल्याण्ड

रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ

पोखरा – पोखरा महानगरपालिका-८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठामाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल